नेपालगन्ज- अस्पताल तथा आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीका लागि नेपालगन्जका निजामती कर्मचारी दम्पत्तीले पिउने पानी सहयोग गरेका छन् । भेरी अस्पताल तथा बाल मन्दिर र ह्वाईट हाउस आईसोलेसनमा उपचाररत बिरामी र उनका कुरुवाका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ चन्दननाथ टोलका कर्मचारी दम्पत्ती गोविन्द प्रसाद पाण्डे र रमा पन्तले ५० पेटी मिनरल वाटर पानी नेपालगन्ज वाटर बैंकमार्फत सहयोग गरेका हुन् । पाण्डे जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख र उनकी धर्मपत्नी रमा अध्यागमन कार्यालय नेपालगन्जकी प्रमुख हुन् ।

दम्पत्तीले कोरोना महांमारीको विषम परिस्थितीमा आईसोलेसन निर्माण, अक्सिजन ब्यवस्थापन, बिरामीलाई परार्मश र स्वास्थ्यकर्मीलाई सहयोग गर्न अन्य दातालाई पनि आग्रह गरेका छन् । आफ्नो परोपकारका लागि यस्ता सामाजिक उत्तरदायित्व अन्र्तगतका कामलाई आगामी दिनमा पनि निरन्तरता दिने पाण्डे दम्पत्तीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here