३० असार, नेपालगञ्ज । प्रहरीले अबैध ब्रोईलर कुखुराको चल्ला शनिवार बरामद गरेको छ ।
बाँकेको खजुरा गा.पा.८ स्थित अबैध रुपमा ब्रोइलर कुखुराको १६,०० वटा चल्ला भारतबाट भन्सार छली पैठारी गरी ल्याउँदै गरेको अवस्थामा प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।
१ लाख ६० हजार मूल्य बराबरको चल्ला बरामद गरि थप कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here