१९ असार, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको मोबाइल स्क्रिन गार्ड बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा.२१ बसन्त मल्ल चोक नजिक वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याएको ९२८० पिस मोबाइल स्क्रिन गार्ड बुधवार बरामद गरेको हो ।
करिब १० लाख ५ हजार बराबरको मोबाइल स्क्रिन गार्ड तथा ढुवानीमा प्रयोग गरिएको २ थान मोटरसाईकल र ३ थान साईकल पनि बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here