नेपालगन्ज, असार १३ । प्लान ईन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले आर्थिक वर्ष ०८०÷०८१ को दुई दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।
प्लान ईन्टरनेसनल नेपाल, क्षेत्रीय कार्यालय सुर्खेतको कार्यक्षेत्र भित्रका कर्णाली र लुम्बिनी प्रदेशका साझेदार संस्थाहरुद्धारा ंसंचालित कार्यक्रमहरुको पुनरावलोकन र आगामी कार्यक्रमको रुपरेखा तयार गर्ने उद्येश्यका साथ सोे गोष्ठि आयोजना गरिएको थियो ।
सो गोष्ठिमा साझेदार संस्थाहरुले बर्षभरीमा गरेका मुख्य उपलब्धीहरु, सिकाई, चुनौंतीहरु, असल अभ्यासहरु र नवीनतम कार्यहरुको समिक्षा गरी आगामी बर्षको प्राथमिताहरुको पहिंचान र योजना तयारीको खाका निर्माण गरिएको जनाईएको छ ।
प्लान क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख मिना पराजुलीले सो समिक्षा गोष्ठिको उध्येश्य, प्लान ईन्टरनेशनल नेपालको आगामी प्राथमिकताका क्षेत्रहरुमा प्रकाश पार्दै गोष्ठिको शुरुवात गर्नुभयो ।
गोष्ठिमा साझेदार संस्थाहरुले कार्र्यक्रम संचालन पश्चात प्राप्त उपलब्धीहरुलाई देखाउने गरी ग्यालरी प्रजेन्टेशन गरेका थिए । ग्यालरी प्रस्तुतीमा खासगरी परियोजनाका मुख्य उपलब्धीहरु, त्यसलाई हासिल गर्नका लागि गरेका कार्यहरु, पद्धती, रणनिती र सफलताको कथाहरु प्रस्तुत गर्नका साथै परियोजनाका लाभान्बित ब्यक्ति तथा समुहहरुले निर्माण गरेका शैक्षिक तथा ब्यबसायीक समाग्रिहरु समेत प्रर्दशन गरीएको थियो ।
त्यसैगरी कार्य दौडानमा अपनाएका नबीनतम पद्धतीहरु, मुख्य सिकाईहरु, चुनौतीहरु पहिंचना र प्रस्तुतीकालागि समुह कार्य गरिएको थियो । सोही प्रकारले प्लानर साझेदार संस्थाबीचको साझेदारी, कार्यक्रम र आर्थिक ब्यबस्थापनमा छलफल गरी आएका अप्ठयाराहरुलाई समाधान गर्न टक शो कार्यक्रम संचालन गरिएको थियो ।
यसैगरी संचालित परियोजनाहरुले कसरी सामाजिक मुल्य, मान्यता, सामाजिक तथा आर्थिक र नितीगत तथा बीत्तिय क्षेत्रमा प्रभाव पारेको रहेछ भनेर पत्ता लगाउन समुह कार्य समेत गरिएको थियो ।
भबिष्यमा प्लान ईन्टरनेशनल नेपालबाट कस्तो किसिमको सहयोग आबश्यक छ, परियोजनालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ, नबीनतम कार्यहरु के हुन सक्दछन र ज्ञान ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा योजना बनाउनका लागि समेत टक शो कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेतका ब्यबस्थापक मीना पराजुली लगायत सम्पुर्ण टिम र प्लान ईन्टरनेशनल नेपाल, केन्द्रिय कार्यालयका निर्देशक जुली गुरुङ्गलगायत बिषय बिज्ञहरुको उपस्थिी रहेका थियो भने साझेदार संस्थाहरुबाट अध्यक्ष, कार्य समितिका पदाधिकारीहरु, कार्यकारी निर्देशक र कार्यक्रमका संयोजक र अधिकृतहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here