१८ वैशाख, नेपालगन्ज । १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमको आयोजना गरि आज मनाइँदै छ ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन लागिएको हो ।
श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम‘को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।
विश्वका मजदुरले सो दिवसलाई विशेष पर्वका रुपमा लिँदै गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधाको समयानुकूल बढोत्तरी तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज नेपाल सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here