१७ वैशाख, नेपालगन्ज । ईन्टरनेट सर्भरका कारण आफुहरु समस्यामा रहेको सेवाग्राहीहरुले असन्तुष्टि ब्यक्त गरेका छन् ।
बास नेपालले आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा बुधवार गरेको नागरिक गुनासो संकलन कार्यक्रममा सहभागी सेवाग्राहीहरुले उक्त असुन्तुष्टि जाहेर गरेका हुन् ।
नागरिक गुनासो संकलन कार्यक्रममा सेवाग्रहीहरुको गुनासोहरुमा सर्भर सिस्टम छिटोछरितो नचल्ने, सेवा अनलाईन भए पनि टाढा–टाढादेखि काम लिन यहीँ आउनु पर्ने असुबिधा भएको, शौचालयमा पानीको ब्यवस्था नभएको लगायतका आएका छन् । त्यस्तै सुरक्षागार्डको व्यवहार राम्रो नभएको, बैंकको काउन्टर बाहिर सेवाग्राहीहरु बस्नलाई ट्रष्ट अलि ठुलो हुनुपर्ने, बैंकमा टोकनको सिस्टम नभएको जस्ले गर्दा लाईन लाग्नु पर्ने बाध्यता भएको लगायताएका छन सर ।
सेवाग्राहीहरुबाट संकलन गरिएका गुनासाहरु र राजश्व कार्यालयका राम्रा र सुधार गर्नुपर्ने पक्षहरुको बारेमा अभिमत संकलन गर्दै सुधारात्मक प्रक्रियाका लागि कार्यालय प्रमुखलाई ध्यानाकर्षण गराउन आन्तरिक राजश्व कायालयमै बसेर राजश्व कार्यालयबाट सेवा लिएर फर्किदै गरेका सेवाग्राहीहरुबाट बास नेपालका स्वयंसेबकहरुले गुनासो संकलन गरेका थिए ।
सेवाग्राहीहरुको प्रत्यक्ष आवतजावत हुने सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुबाट सेवा सम्बन्धि आभिमत संकलन गर्ने उद्देश्यले बास नेपालले उक्त कार्यक्रम गरेको हो ।
उक्त कार्याक्रमको समापनमा बोल्दै आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत पुर्ण प्रशाद न्यौपानेले सेवाग्राहीहरुबाटै आएका गुनासोहरुको तत्काल समाधान गर्ने बताए । अधिकाँश सेवाग्राहीहरुको गुनासोका ईन्टरनेट सर्भर स्लो भएको जस्ले गर्दा काममा ढिलाई भएको आएपछि आफु उक्त समस्याको बारेमा जानकार रहेको र त्यसको समाधानका लागि तत्काल ईन्टरनेट प्रदायक कम्पनीसँग समन्वय गरी काम गर्ने प्रमुख कर अधिकृत न्यौपाने बताउँछन् ।
अहिले राजश्वका सम्पुर्ण काम काजहरु अनलाई बाटै हुने र कार्यालयमा सेवाग्राहीहरु आईसकेपछि आफैले कम्प्युटरबाटै फाराम भर्ने र फाटोकपी, प्रिन्ट निःशुल्क सुबिधा उपलब्ध रहेको बताउँछन् । साथै कुनै सेवाग्राहीहरु कम्प्युटर प्रयोगमा अनभिज्ञ भएमा कार्यालयको नागरिक सहायता कक्षमा बसेका कर्मचारीहरुले समेत सहयोग गर्न सकिने ब्यवस्था भएको प्रमुख न्यौपाने बताउँछन् ।







