४ वैशाख, नेपालगन्ज । बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई बिहीवार दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौ च.नं. ६२७१ मिति २०८२ वैशाख ३ गतेको पत्रादेशले प्राविधिक प्रहरी संचार समुह तर्फका प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना भएका प्रहरी कर्मचारीलाई बिहीवार कार्यालय प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।








