नेपालगन्ज, जेठ ४ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा एकीकृत पाठ्यक्रम बिकास तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित (स्टीम) शिक्षा सम्बन्धी ३ दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत क्लबले सो कार्यशालाको आयोजना गरेको हो ।
उक्त कार्यशालामा गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउँ पालिकाका नौ वटा बिद्यालयका प्रधानाध्यापक, शिक्षक र बिद्यालय व्यवस्थापन समितीका अध्यक्षहरु गरेर २० जनाको सहभागिता रहेको थियो ।
सहभागिलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित बिषयको शिक्षामा नयाँ नयाँ तरिकाले पढाउने कुरामा केन्द्रित भएर ती बिषयलाई समेटेर एकिृकत पाठ्यक्रमको बिकास गर्ने बारेमा प्रशिक्षण दिईएको थियो ।
कार्यशाला गोष्ठिको उदेश्य विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला र गणित बिषयमा परम्परागत तरिका छोडेर आधुनिक तरिकाले शिक्षा दिन शिक्षकहरुलाई उत्प्रेरित गर्नु तथा एकिकृत पाठ्यक्रमको बिकास रहेको सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोबिन्द लामिछानेले बताउनुभयो ।
काठमाण्डौ बिश्वबिद्यालयका कृष्ण खतिवडाले सहजिकरण गर्नु भएको सो कार्यशालाका सहभागिहरुले स्टीम पद्धतीको प्रशंसा गर्दै यसले गुणस्तरीय शिक्षाका बिशेष भूमिका खेल्ने भएकोले यसलाई आ आफ्नो बिद्यालयमा लागु गर्ने प्रतिवद्धता गरेका थिए ।
बाँके युनेस्को क्लबका निमित्त कार्यकारी निर्देशक महेश नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यशालाको समापन समारोहमा गुरास माविका प्रधानाध्यापक केशव पौडेलले कार्यशालामा सिकेका कुरा व्यवहारमा लागु गर्ने जनाउँदै वर्तमान परिस्थितिमा स्टीम शिक्षाको धेरै महत्व रहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै नेपाल राष्ट्रिय मावि, ढोढरीका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुलाबलाल चौधरीले पनि विद्यालयमा गुणस्तरीय शिक्षाका लागि स्टीम शिक्षा पद्धति लागू गर्नुपर्ने कुरामा जोड दिंदै आफ्नो बिद्यालयमा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर नग्मा मनिहारले सञ्चालन गरेको सो समारोहमा परियोजनाका संयोजक गोविन्द लामिछाने, कार्यक्रम अधिकृत ईश्वर विक, अनुगमन र मुल्यांकन अधिकृत अनु चौधरी लगायतको पनि उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here