नेपालगन्ज, बैशाख ३१ । बाँके युनेस्को क्लबले बर्दियाको बढैयाताल गाउँपालिकामा यूवाको सवाल र स्थानियतहको भुमिका विषयमा युवा संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सो पालिकाका ३५ जना अगुवा युवाको सहभागिता रहेको थियो ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरिरहेको बालिका शसक्त परियोजना अन्तर्गत पालिका भित्रका युवा सम्बन्धी विभिन्न विषयमा पालिका अध्यक्ष र उपाध्यक्षसँग युवा संवाद कार्यक्रम सञ्चालन गरेको हो ।
बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो संवाद कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले पालिका भित्रका युवालाई शसक्त बनाउने अभियानमा पालिकाले हर संभव सहयोग गर्ने जनाउँदै युवालाई बढी भन्दा बढी अवसर प्रदान हुने कार्यक्रम र योजना बनाउने बताउनुभयो ।
सो अवसरमा परियोजना संयोजक गोविन्द लामिछानेले पालिका भित्रका युवाको अवस्था बारे जानकारी गराउँदै युवालाई अगाडी बढाउने विषयमा उनिहरुको नेतृत्व विकास, स्थानीय संरचनामा युवाको सहभागिता, रोजगारीमा पहुँच, पालिकाको नीति तथा योजनामा उनीहरूका समस्यालाई सम्बोधन गर्ने कार्यक्रम हुनुपर्ने कुरामा जोड दिंदै कार्यक्रमको सहजिकरण गर्नुभयो ।
संवाद कार्यक्रममा सहभागि युवाले स्थानीय सरकारका प्रमुख उपप्रमुख लगायत समक्ष रोजगारीका अवसर, लोकसेवा सत्रको तयारी, अपाङ्गता भएका व्यक्तिका लागि कार्यक्रम, कृषि शिक्षा, लागुऔषध प्रयोगकर्ता, विद्यालयबाहिरका बालबालिका, मुक्त कमैयाका बालबालिकाको अवस्था, बालविवाह घटाउने, वडा÷पालिका स्तरीय युवा क्लब गठन र विपन्न वर्गलाई छात्रवृत्तिलगायतका धेरै प्रश्नहरु उठाएका थिए ।
सो अवसरमा पालिकाको स्वास्थ्य, शिक्षा र विपद शाखाका प्रमुख र प्रतिनिधिहरुले आ आफ्नो शाखासंग सम्बन्धित युवाका प्रश्न र जिज्ञासाको जवाफ दिनु भएको थियो । किशोरी क्लब, बाल क्लब र युवा क्लब लगायतबाट ३५ जना युवाको सहभागिता रहको सो कार्यक्रममा युवाका समस्या समाधान गर्न पालिकाका अध्यक्ष र उपाध्यक्षले प्रतिवद्धता पनि जनाउनुभयो ।
सो कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, शिक्षा शाखाका धन बहादुर थापा, स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेल र विपद व्यवस्थापन फोकल पर्सन रमेश पौडेल लगायत परयोजनाका फिल्ड सुपरभाइजर राम बहादुर थारु लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here