३० वैशाख, नेपालगञ्ज । मोटर साईकल र मोबाईल चोरीमा संलग्न मानिसहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार रातिको २ः३० बजेको समयमा रा २ प ४५३४ नम्बरको मोटरसाईकल र दुई थान मोबाईल चोरी भएको भन्ने सुचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय नेपालगञ्ज बाँकेबाट खटिएको प्रहरी टोलीले ती मानिसलाई पक्राउ गरेको हो ।
खोजतलास गर्ने क्रममा जिल्ला बाँके नेपालगञ्ज उ.म.न.पा. १३ बस्ने कैयुम राई र सोही ठाउँ बस्ने कमरुद्दिन साईलाई चोरी गरेको मोटरसाईकल र दुई थान मोबाईल सहित फेला पारिएको हो ।
पक्राउ परेकाहरुमाथि चोरी कसूरमा अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here