२५ वैशाख, नेपालगञ्ज । प्रहरीले लेनदेन मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ६ बस्ने मुबारक अली कबडिया रहेका छन् ।
बाँके जिल्ला अदालतको २०७९ मंसिर ९ गतेको फैसलाले जिल्ला बाँके नेपालगञ्ज उप–महानगरपालिका वडा नं.६ बस्ने वर्ष ४५ को मुबारक अली कबडियालाई लेनदेन मुद्दामा ६ महिना कैद तोकिएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेका थिए ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले मंगलवार निज कबडियालाई पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here