२० वैशाख, नेपालगञ्ज । बाँके युनजेस्को क्लबद्वारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत राजापुर र ठाकुरबाबा नगरपालिकामा एकैसाथ व्यावसायिक अर्गानिक तरकारी खेती, हस्तकला सामाग्री उत्पादनसम्बन्धी र गड्यौला मल उत्पादन सम्बन्धि तालिम सुरु गरिएको छ ।
व्यवसायिक अर्गानिक तरकारी खेती सम्बन्धि सिप किास तालिम र हस्तकला सामाग्री उत्पादनसम्बन्धी तालिम एक महिनासम्म चल्ने तथा गड्यौला मल उत्पादन तालिम १५ दिनसम्म चल्ने क्लबले जनाएको छ ।
अर्गानिक तरकारी खेती सम्बन्धि तालिममा आठ जना, हस्तकला सामाग्री उत्पादन तालिममा नौ जना र गड्यौला मल उत्पादन तालिममा १३ जना गरि १८ देखि २४ वर्ष उमेर समुहका ३० जना युवतीहरुको ती तालिममा सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।
तालिमका सहभानगिहरुले हरित व्यापार र लघु उद्यममार्फत समाजमा सम्मानजनक जीवनयापन गर्न आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्न सक्ने गरि तालिम प्राप्त गर्ने उनले बताए ।
तालिमको उदघाटन राजापुरकी उपमेयर मनकला चौधरीले गरेकी थिइन् भने सो अवसरमा वडा अध्यक्षहरु असराज न्यौपाने, अमिन थारु र शम्भुप्रसाद चौधरीको पनि उपस्थिति रहेको थियो ।
बाँके युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बोल्दै उपमेयर चौधरीले हानिकारक मल र विषादी प्रयोग गरेर उत्पादन हुने तरकारीले विभिन्न रोग निम्त्याउने भएकाले अर्गानिक तरकारी खेती आवश्यक भएको बताइन् ।
उनले स्थानीय सरकारको तर्फबाट यस्ता कार्यक्रमलाई सहयोग गर्ने र वातावरण संरक्षणका लागि हरित व्यापार प्रवद्र्धनन गर्ने आश्वासन पनि दिइन् ।
कार्यक्रममा बोल्दै वडा अध्यक्षहरु न्यौपाने र थारुले अर्गानिक उत्पादनले उपभोक्तालाई लोभ्याउने र विषादीको अत्याधिक प्रयोगले गम्भीर रोग निम्त्याउने गरेकोले अर्गानिक उत्पादनमा जोड दिंदै हानी नगर्ने मलको प्रयोग गर्नु पर्नेमा जोड दिए ।
सो अवसरमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रवि तुलाधर, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, राष्ट्रिय मानस विकास प्रशिक्षण संस्थानका निर्देशक राकेश रोशन धमला, परियोजना अधिकृत राधेकृष्ण थारु, लजिस्टिक तथा फाइनान्स अफिसर शंकरसिंह थारु र फिल्ड सुपरभाइजरहरू सञ्जिता रिजाल र कञ्चन दहितको पनि उपस्थिति रहेको थियो ।
तालिमको मुख्य उद्देश्य स्थानीय श्रोत साधनको उपयोग गरी हरित व्यापार र लघु उद्यम मार्फत जोखिममा परेका युवतीहरुको सशक्तिकरण र रोजगारी सृजना गर्नु र बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ र जलवायु परिवर्तनको प्रतिकूल असरबाट वातावरण संरक्षण गर्नु रहेको जनाईएको छ ।
सो तालिममा ८ जना प्रशिक्षार्थीले व्यावसायिक अर्गानिक तरकारीमा बिरुवा र रोपण विधि, बिरुवाको पालनपोषण, फसल काट्ने, ग्रेडिङ गर्ने र प्याकेजिङ र बजारीकरण जस्ता प्राविधिक ज्ञान प्राप्त गर्नेछन् । प्रशिक्षार्थीहरूले बिरुवाहरूलाई हानिकारक पेस्टबाट जोगाउन जैविक कम्पोस्ट र कीटनाशकहरू बनाउन पनि सिक्नेछन् ।
हस्तकला तालिम अन्तर्गत स्थानीय स्रोत साधनको उपयोग गरी ९ जना प्रशिक्षार्थीले झोला, कलम होल्डर, टोकरी, फूलको आधार बनाउने ज्ञान हासिल गर्नेछन् भने १३ जना प्रशिक्षार्थीले गड्यौला मल बनाउने ज्ञान र सिप प्राप्त गर्नेछन् । तालिमका प्रशिक्षकहरुमा सिता चौधरी र बन्ध्या थारु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here