१७ वैशाख, नेपालगञ्ज । नेपालगञ्जस्थित एक फार्मेसीमा शिलबन्दी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके र औषधि व्यवस्था विभाग नेपालगञ्जको संयुक्त निरिक्षण टोलीले प्राप्त गुनासोको आधारमा नेपालगञ्ज वडा नं. १३ स्थित वर्मा अंजला मेडिकल हलमा अनुगमन गर्दा गैर व्यक्तिबाट औषधि पसल सञ्चालन गरेको र नेपालमा दर्ता नभएको औषधिहरु संचय गरेको पाइएकोले फार्मेसीमा शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराएका छन् ।
थप अनुसन्धान तथा कारवाहीको लागि औषधि व्यवस्था विभाग नेपालगञ्जमा सञ्चालकलाई उपस्थित हुन निर्देशन दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here