१२ वैशाख, नेपालगञ्ज । प्रहरीले बेवारिसे शव फेला पारेको छ ।
आइतवार ४ः३० बजेको समयमा जिल्ला बाँके ने.गं.उ.म.न.पा.वडा नं. १ स्थित धम्बोझी–खजुरा सडक खण्डको नालीमा पुरुषको शव घोप्टो परेको मृत अवस्थामा प्रहरीले फेला पारेको हो ।
प्राम्भिक अनुसन्धान पश्चात हाल भेरी अस्पताल नेपालगञ्जको लाश घरमा उक्त शव राखिएको प्रहरीले जनाएको छ ।
उक्त मृतक व्यक्तिलाई चिन्नु हुने मानिसहरुले जिल्ला प्रहरी कार्यालय, बाँकेमा सम्पर्क गर्नुहुन बाँके प्रहरीले अनुरोध गरेको छ ।
मृतकको हुलिया कालो पाइन्ट र सर्ट लगाएको, उचाई ५.५, वर्ष अं.४०/४२ वर्षको वर्ण कलसाउँलो, नामथर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here