६ वैशाख, नेपालगञ्ज । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ ।
तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि. (बिष्णु) ढकालले बताए ।
तालमा त्यहाँ घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । वर्षौंदेखि मृत अवस्थामा रहेको जलकुम्भी लगायतले ढाकिएको ताललाई अहिले बोटेबोराले आफ्नै लगानीमा सरसफाइ गरिरहेको उनले जानकारी दिए ।
उनका अनुसार, तालको सरसफाइ सकिएपछि मोटरबोट सञ्चालन गर्ने तयारी छ ।
कम्पनीले बुलबुले तालमा मोटरबोट संचालन गरे वापत बिरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।
बुलबुले तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको ११ सिटे फिस्टेल मोटरबोट सञ्चालन गर्नेछ ।
यस अघि आँबुखैरेनीको मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशय, नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here