४ वैशाख, नेपालगञ्ज । युएसडिटी (क्रिप्टो करेन्सी) मार्फत गैर कानूनी कारोबार गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपालगञ्ज वडा नं. १८ भाटभटेनी सुपरमार्केट नजिक केही व्यक्तिहरुले गैर कानूनी रुपमा मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोबार गरेको भन्ने गोप्य सूचनाको आधारमा ती दुई जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेपालगञ्ज उमनपा वडा नं. २० बस्ने अमृत कुमार वर्मा र बाँकेको जानकी गाउँपालिका वडा नं. १ बस्ने रियाज खाँ रहेका छन् ।
उनीहरुले बिनान्स र बिटगेट मार्फत युएसडिटी (क्रिप्टो करेन्सी)को अवैध कारोबार गरि सो वापत दैनिक अन्दाजी एक करोडसम्मको अवैध कारोबार गरेको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी गराएका छन् ।
पक्राउ परेकाहरुलाई हाल नेपाल राष्ट बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिएको हुँदा बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here