३० चैत्र, नेपालगञ्ज । नेपालगञ्ज चिल्ड्रेन पार्कको योजना, डिजाइन र हाई मास्ट विजुलीबारे सूचना माग गरिएको छ ।
नेपालगञ्ज बागेश्वरी मन्दिरको पुर्वतर्फ निमार्णधिन चिल्ड्रेन पार्कको बजेटसहितको योजना र स्टीमेट र नेपालगञ्ज वार्ड नं. २ हनुमत गौशाला र घरवारी टोलमा रहेको हाईमास्ट विद्युत लाईन किन नबलेको र कहिलेदेखि बल्ने सोको पुर्ण विवरण माग गरिएको छ ।
नेपालगञ्ज–११ का सूचना अभियन्ता शैलेन्द्रकुमार बैश्य र अधिबक्ता विश्वजित तिवारीले नेपालगञ्ज उपमहानगरपालिका कार्यालयसंग शुक्रवार सूचना माग गरेका छन् । नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउने अधिकार अन्तर्गत उक्त सूचना माग गरिएको हो ।
पछिल्लो समयमा नेपालगञ्ज आसपास चोरी, डाँकाका घटनाहरुमा बृद्धि भएकाले हाईमास्टमा बिजुलीको लाइन अतिआवश्यक भएको स्थानीयले तत्तकाल बाल्नका लागि माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here