२९ चैत्र, नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेको कार्यालय प्रमुखको रुपमा प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले पदभार ग्रहण गरेका छन् ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँको पत्रादेशले जिल्ला प्रहरी कार्यालय, बाँकेमा कार्यालय प्रमुखको रुपमा काज सरुवा भई आएका प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् ।
कार्कीलाई कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुले प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको स्वागत गरेका थिए ।
सो अवसरमा प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा हवल्दार जवानहरुलाई आवश्यक नीति निर्देशन दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here