२५ चैत्र, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
नेपालगञ्ज उ.म.न.पा.३ र ने.गं.उ.म.न.पा.१ बाट जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शनिवार उक्त सामान बरामद गरेको हो ।
बरामद भएको सामानमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको सुट, प्लाजो, पेटिकोटको काँचो कपडा, म्याक्सीको काँचो कपडा, पिठो लगायत रहेका छन् ।
करिब २६ हजार मूल्य बराबरको सामान भारतबाट अवैध तरिकाले ल्याउँदै गरेको अवस्थामा फेला पारी मानिस सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here