२० चैत्र, नेपालगञ्ज । बाँके प्रहरीले मोटरसाईकल चोरी गर्न लागेको अवस्थामा एक जना व्यक्तिलाई पक्राउ गरेको छ ।
बाँके ने.गं.उ.म.न.पा.१९ मोहनपुर बस्ने वर्ष २४ को आकाश रोका मगरले पुष्पलाल चोकमा राखिएको मोटर साइकल चोरी गर्न खोज्दा पुष्पलाल चोकमा खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रोकालाई जिल्ला प्रहरी कार्यालय, बाँकेमा ल्याई आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here