१९ चैत्र, नेपालगञ्ज । नेपालगञ्ज उ.म.न.पा.को विभिन्न स्थानबाट प्रहरीले अवैध भन्सार छलिको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको लेडिज कुर्ता सुरवाल, माउन्टेन ड्यु, चप्पल, दालमोठ लगायतका सामान सहित अंन्दाजी मुल्य रु. १ लाख १४ हजार ,२ सय मूल्य बराबरको सामान आइतवार र सोमवारका दिन बरामद गरिएको हो ।
सामान ढुवानीमा संलग्न मोटरसाईकल र मानिस सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here