१८ चैत्र, नेपालगञ्ज । बाँकेको साहू समाज समिति जिल्ला कार्य समिति र साहू समाज युवा समिति नेपालगन्जद्वारा होली मिलन कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वार्ड नंं–५ स्थित साहू समाज समितिद्वारा निर्मित श्रीराधा कृष्ण मन्दिर स्थित साहू समाज समितिको धर्मशालामा होली मिलन कार्यक्रमको आयोजना गरिएको थियो ।
साहू समाज समितिका अध्यक्ष हंशराम साहूको अध्यक्षतामा, तेली कल्याण समाज समिति केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष उमदेश्वर प्रसाद शाहको प्रमुख आतिथ्यमा होली मिलन कार्यक्रम सम्पन्न भएको थियो ।
साहू समाजका सह–सचिव प्रदीप शाहद्वारा सञ्चालित कार्यक्रममा तेली कल्याण समाज समिति केन्द्रिय समितिका सल्लाहकार गणेश प्रसाद साह, साहु समाज बारा जिल्लाका अध्यक्ष बजरंगी प्रसाद साह, सर्लाहीका अध्यक्ष नवल किशोर साह, मिथिला समाजका अध्यक्ष डा.हरिलोचन साह, पवन जायसवाल, मेडईलाल साहू, शिव प्रसाद साहू र शंकर शाहलाई अबीर तथा खादा लगाएर श्रीराधा कृष्ण मन्दिरका अध्यक्ष बिमल कुमार साहूले स्वागत गरेका थिए ।
होली मिलन कार्यक्रममा अधिवक्ता तथा कानूनी सल्लाहकार रामनाथ साहूले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि उमदेश्वर प्रसाद साहले शुभकामना व्यक्त गर्दै अब विभिन्न जिल्लामा हामी तेलीहरुको डाटा संकलन गर्न निस्केका छौं, कुन जिल्लामा उप–महानगरपालिका, गाउँपालिका, नगरपालिकामा हाम्रा तेली (साहू) स्वजातीय महिला पुरुषहरु कति रहेका छन् त्यसको डाटा संकलन गर्ने काम लिएर विभिन्न जिल्लामा कार्यक्रम रहेको छ सोही अनुसार बाँकेको नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–५ फुल्टेक्रा स्थित रहेका श्री राधाकृष्ण मन्दिर तथा साहु समाजद्वारा सञ्चालित साहू समाज धर्मशालामा आयोजित होली मिलन कार्यक्रममा तपाईहरुसंग भेट भयो मलाई साह्रै खुशी लागेको छ, सधैं होली मनाए जस्तै आनन्द र खुशीका साथ रहनको लागी शुभकामना व्यक्त गरेका थिए । बिशिष्ट अतिथि अतिथहरुले शुभकामना व्यक्त गरेका थिए ।
होली मिलन कार्यक्रममा साहु समाज युवा समितिका अध्यक्ष राम किसुन साहु, समाजका सचिव बाबुराम साहू बाबुराम साहू(पेन्टर), हरिष गूुप्ता (साहू), राम नरेश तेली, प्रहलाद साहू (पे्रमलाल), मेडईलाल साहू, मोतीलाल साहू, बृजलाल साहु, गौरव स्मृति तथा बीयोर फाउण्डेसनकी अध्यक्ष मधु साह, बिनोद कुमार साहू लगायत समाजका तथा युवा समाजका पदाधिकारी र महिलाहरुको सक्रिय सहभागितामा एक आपसामा स्वजातीय बन्धुहरुले अबीर लगाएर होली मिलन कार्यक्रममा शुभकामना आदान प्रदान गरेका थिए ।
यसरी साहू समाजले हरेक वर्ष रक्तदान, चैत्र दशैंमा रामनवमी मेला हेर्न आउने दर्शकहरुलाई जलपानी खुवाउने, कृण्ण जन्माष्टमीको अवसरमा किर्तन भजनका साथ कष्ण जन्माष्टमी मनाउने, नयाँ वर्षको शुभकामना आदान प्रदान, लगायतका कार्यक्रमहरु गर्दै आई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here