१२ चैत्र, नेपालगञ्ज । रंगहरुको महान पर्व फागु पूर्णिमा (होली) को अवसरमा वडा प्रहरी कार्यालय नेपालगञ्जमा सोमवार शुभकामना आदान प्रदान गरिएको छ ।
वडा प्रहरी कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बि.सी.बाट कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुसंग फागु पूर्णिमा (होली पर्व) को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
होली पर्वमा कुनै पनि अमर्यादित तथा उच्छृंखल गतिबिधी हुन र गर्न नदिन भनि तालुक कार्यालयहरुबाट भए गरेका नीति निर्देशनहरु तदारुकताका साथ पालना गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई कार्यालय प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बि.सी.ले निर्देशन दिएका थिए ।
वडा प्रहरी कार्यालय नेपालगञ्ज बाँकेको तर्फबाट फागु पूर्णिमा (होली पर्व) २०८० को अवसरमा सम्पूर्ण नगरवासीलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here