५ चैत्र, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको सामान सोमवार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी प्लाष्टिकका सामान, डोरी, प्याज लगायतका सामान मोटरसाईकलमा ल्याउँदै गरेको अवस्थामा नेपालगञ्ज उ.म.न.पा. वडा नं. १३ बाट बरामद गरिएको हो ।
अंन्दाजी मुल्य रु. ३ लाख १७ हजार बराबरको सामान फेला पारी ढुवानीमा संलग्न मोटरसाईकल र मानिस सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगञ्ज बाँकेमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here