२ चैत्र, नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चर्काे आवाज निकाल्ने मोटरसाइकल विरुद्ध कारवाही थालेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा मातहत पोष्टहरुले ठूलो चर्को आवाज निकाल्ने मोटरसाईकहरुमा राखेका साईलेन्सरहरु निकाली कारवाही थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ठूलो आवाज निकाल्ने मोटर साईकलका साईलेन्सर परिवर्तन गर्ने अन्य सवारी साधनहरुको स्वरुप परिवर्तन गरी ध्वनी प्रदूषण गरी सवारी साधन नचलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सबैमा अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here