२८ फागुन, नेपालगञ्ज । प्रहरीले अवैध ब्रोईलर कुखुराको मासु बरामद गरेको छ ।
नेपालगञ्ज–१ धम्बोझी स्थित घनश्याम सोनकरले संचालन गरेको प्रदिप मासु पसलबाट अवैध ब्रोईलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ । उक्त पसलमा ६ वटा जुटको बोरा भित्र २९१ किलो छाला र हड्डि नभएको अबैध ब्रोईलर कुखुराको मासु फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
आवश्यक कारवाहीको लागि उक्त मासु प्रहरीले पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्जमा पठाएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here