२७ माघ, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले सरसफाई अभियान संचालन गरेको छ । गाउँपालिकाले प्रत्येक शुक्रबारका दिन सबै कार्यालयको सरसफाई गर्ने अभियान सुरु गरेको हो ।
पालिका माताहतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय लगायतका सबै कार्यालयहरुहरुमा सरसफाई गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार हप्ताको एकदिन कार्यालयको सरसफाई गरिने छ । कार्यालयलाई सफा, स्वच्छ र हराभरा बाताबरण बनाउने उद्देश्यले सरसफाई अभियान सञ्चालन गरिएको हो ।
अध्यक्ष चौधरीले भने, ‘जुन सुकै काम आफैबाट सुरुआत गर्नुपर्दछ, त्यसैले हामी आफ्नै कार्यालयबाट सरसफाई सुरु गरेका छौ ।’ यो अभियानलाई पालिकाका सम्पुर्ण नागरिकहरु समक्ष सन्देश प्रवाह हुनेछ, र उनीहरुले पनि आ–आफ्नो घर वरिपरि गाउँटोलको सरसफाई गर्ने उनको विश्वास छ ।
सरसफाई भनेको घर, समुदाय, गाउँटोलसंगै कार्यालयको सफा र स्वच्छ बाताबरण बनाउनका लागि यो अभियान सञ्चालन गरेको पालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् । गत शुक्रबारबाट पालिकाले सरसफाई अभियान सञ्चालन गरेको हो । शुक्रबार पालिका कार्यालयमा अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवाललगायत अन्य जनप्रतिनिती र कर्मचारीहरुले बनकट्टीस्थित पालिकाको कार्यालय परिसरको सरसफाई गरेका थिए ।
यसैविच बेतहनी स्वास्थ्य चौकीमा पनि त्यहाका कर्मचारीहरुले सरसफाई गरेको बताएका छन । यसैगरि शनिवार डुडुवा गाउँपालिका वार्ड नंं ५ का युवाहरुको सक्रियतामा राप्ती नदिको सिधनिया घाट पुलको दक्षिण भागको समेत सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा वडाध्यक्ष झंकबहादुर थापालगायतको सहभागिता रहेको थियो ।
यो अभियानलाई साप्ताहिक रुपमा निरन्तर रुपमा अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here