१७ माघ, नेपालगञ्ज । शहिद दिवसको अवसरमा पाँचौ पटक वृहत रक्तदान कार्यक्रम बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालय ठाकुरबाबा गाउँपालिका वार्ड नंं.–८ मढेला “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ १० जना महिला जनाले ५८ जनाले मंगलवार रक्तदान गरेका छन् ।
शहिद दिवसको अवसरमा बारबर्दिया नगरपालिकाको संरक्षकत्वमा, पाँचौ पटक वृहत रक्तदान कार्यक्रम बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालय ठाकुरबाबा गाउँपालिका वार्ड नंं.–८ मढेला र नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगरसमितिको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उप– शाखा बारबर्दिया, बारबर्दिया उद्योग बाणिज्य संघ, किसान पे्रमी युवा समाज बारबर्दिया, बारबर्दिया नागरिक समाज र लायन्स क्लब अफ मगरागाडी बर्दिया लगायत अन्य स्थानीय संघसंस्थाहरुको समन्वय तथा सहकार्यमा माघ १६ गते मंगलवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगञ्जका सोम प्रकाश सापकोटा, होमराज गिरी, महेश रानाक्षेत्री, प्रशान्त तिवारी, नेरेसो मधुवन स्वास्थ्य उप–शाखाका राम कुमार वर्मा, वीरेन्द्र योगी, केशर सिंह डाँगी अन्यमा बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ईलाका प्रमुख तुलाराम अधिकारी, बनगई शाखाकी प्रबन्धक झरना थापा, पार्वती ओली, राम प्रसाद थारुले सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here