१६ माघ, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु कार्यालयका प्रतिनिधि सहितको अनुगमन टोलीद्वारा मंगलवार नेपालगञ्ज बजार क्षेत्रका ‘कटन क्याण्डी’ विक्रेता र उत्पादन स्थलको अनुगमन गरिएको छ ।
अनुगमनको क्रममा विभिन्न स्थानबाट ३ विक्रेतालाई नियन्त्रणमा लिइ ११८ पोका ‘कटन क्याण्डी’ नष्ट गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराएका छन् ।
नेपालगञ्ज–१२ बेलासपुरस्थित अवैध उत्पादन स्थलमा रहेको रंग मिसाईएको चिनी र चास्नी नष्ट गरिएको छ । ‘कटन क्याण्डी’ विक्रेताहरुलाई घरेलुमा दर्ता गरि खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट उत्पादन अनुज्ञा पत्र नलिएसम्म उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन दिइएको प्रजिअ पोखरेलले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here