२६ पौष, नेपालगञ्ज । बढ्दो शितलहर र जाडोयामलाई मध्यनजर गरी नरैनापुरका विपन्न वर्गका मानिसहरुलाई न्यानो कपडा बितरण गरिएको छ ।
जिल्ला विपद् ब्यवस्थापन समितिको सहयोगमा बाँके जिल्लाको नरैनापुर गा.पा. अन्तर्गत वडा नं १, ४ र ५ मा बसोबास गर्ने बिपन्न वर्गका मानिसलाई न्यानो कपडा वितरण गरिएको हो ।
बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बज्रदल गणका प्रमुख सेनानी रबिन श्रेष्ठ, जि.प्र.का. बाँकेका प्रमुख प्र.उ. सुवास चन्द्र बोहरा लगायत अधिकृत तथा जवानहरुको उपस्थितिमा विपन्न वर्गको घरमै पुगेर १२३ थान न्यानो कपडा बितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here