२५ पौष, नेपालगञ्ज । राष्ट्रिय समाचार समिति (रासस)ले मातृभाषामा समाचार सेवा सुरु गरेकोमा अवधी पत्रकारहरुको छाता संगठन अवधी पत्रकार संघ नेपालले खुशी व्यक्त गरेकोछ ।
राससले मातृभाषा (अवधी)मा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको सम्मान संगसंगै विकास तथा सम्बद्र्धनमा टेवा पुग्ने छ ।
बुधवार संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘यो ऐतिहासिक कार्यका लागि राससका अध्यक्ष धर्मेन्द्र झा एवं रासस परिवार र प्रत्यक्षरुपमा सहयोग गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।’ पश्चिम नेपालको लुम्विनी प्रदेश अन्तर्गत परासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधी भाषीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने भएकाले अवधी भाषाको विकास तथा संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा राससले सुरु गरेको सकारात्मक प्रयासलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा यो सहयोग र सहकार्यको निरन्तरताको समेत कामना गरिएको छ ।
राससले राष्ट्रिय, क्षेत्रीय र स्थानीय समाचार स्थानीय भाषामै उत्पादन र अनुवाद गरी भाषाको बाहुल्य भएका क्षेत्रमा सेवा पु¥याउने नीति अन्तर्गत यो सेवाले नेपालका अवधी भाषाको प्रयोग गर्ने सञ्चारमाध्यम र सरोकारवालालाई सेवा पुग्ने विश्वास लिइएको संघले जनाएको छ ।
संघले राससलाई मातृभाषा समाचार सेवा सुरु गर्न दिएको प्रतिबद्धताप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र मन्त्रालयलाई धन्यवाद व्यक्त गरेको छ ।
राससले अवधी भाषाका समाचार तथा अन्य कन्टेन्ट उपलब्ध गराएपछि अवधी भाषाका नयाँ सञ्चालन हुने सञ्चार माध्यम र भएका सञ्चार माध्यमलाई संचालनमा सहयोग पुग्ने विश्वास लिएको विज्ञप्तीमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here