८ पौष, नेपालगञ्ज । चिसोको समयमा शितलहरबाट बच्न आफुसँग भएका प्रयोग बिहिन सफा कपडा बितरण कार्यक्रम गरेर उक्त कार्यक्रममा सिडियो र एसपी कपडा बोकेर आउने बातावरण बनाउन प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले सबै संघ सस्थाहरुसंग आग्रह गरेका छन् ।
बास नेपालले नेपालगञ्जको गणेशमान चोकमा सञ्चालन गरेको कपडा बैकलाई लक्षित गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी पोख्रेलले जिल्लामा उत्पन्न बिपदको समयमा त्यसको ब्यवस्थापनमा गैससहरुको भूमिका महत्त्वपूर्ण भएको बताउँदै राम्रो कामको खुलेर प्रशंसा गर्न पछि नहट्ने बताए ।
गैर सरकारी संस्था महासंघ नेपाल बाँकेको समन्वयमा बाँके जिल्लामा क्रियाशिल संघ–सस्थाहरुको समन्वय बैठकमा बोल्दै हरेक प्रमुख जिल्ला अधिकारी पोख्रेलले संघ संस्थाले गरेका क्रियाकलापहरुको नियमित जानकारी गराउनु पर्नेमा जोड दिए ।
आईतवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा आयोजित समन्वय बैठकमा २ दर्जन संघसस्था तथा निकायको सहभागिता रहेको कार्यक्रममा विपदका क्षेत्रमा क्रियाशिल संघ–सस्थाका प्रतिनिधिहरुले संस्थाका गतिबिधिहरु प्रस्तुतिकरण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सेना लगायत बाँकेमा क्रियाशिल संघ–सस्थाका प्रतिनिहरुको सहभागिता रहेको थियो । समन्वय बैठकबाट बिभिन्न निर्णयहरु गरिएको छ ।
बाँके जिल्लामा तथा अन्य जिल्लामा दर्ता भै यस जिल्लामा विभिन्न क्षेत्रमा कृयाशिल संघ–सस्थासंगको उपस्थितिमा परिचयात्मक कार्यक्रम गर्ने, बाँकेमा क्रियाशिल संघ–सस्थाको तर्फवाट जिल्लामा संचालन भैरहेका गतिविधिहरुको संक्षिप्त प्रस्तुतिकरण भई छलफल भएर आगामी दिनमा समन्वयात्मक रुपमा कार्य गर्ने, जिल्ला प्रशासन कार्यालयमा समन्वयात्मक बैठक प्रभावकारी बनाउन हरेक ३÷३ महिनामा नियमित बस्ने, जिल्लामा कार्यरत संघ–सस्थाले आफुले संचालन गरेका गतिविधि तथा कार्यक्रमको नियमित रुपमा जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रमा प्रतिवेदन उपलव्ध गराउने, हाल चिसो तथा शितलहरको सम्भावना कायमै रहेकोले सोको पूर्वतयारी तथा प्रतिकार्यका लागि संघ–सस्थाबाट हुने गतिविधिका बारेमा छलफल हुनुका साथै न्यानो कपडा बैक संचालनका लागि सहकार्य गर्ने निर्णय भएको छ ।
त्यसैगरी फातिमा फाउन्डेसन नेपालले नेपालगंज उपमहानगरपालिकाको बडा नं ३ र ७ मा संचालन गरेको सामुदायिक सुरक्षा जालो परियोजना तथा अन्य गतिविधिको बारेमा बैठकमा जानकारी गर्दै तातो हावा तथा त्यसको प्रभावको बारेमा बाँके जिल्लाको आकस्मिक योजना निर्माणकालागि रेडक्रस लगायत दातृ निकायलाई अनुरोध गर्ने लगायतका बिषयमा निर्णय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here