६ पोष, नेपालगञ्ज । चर्चित गायिका एलिना चौहान तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस तिम्रो काख, जान नदेउ अब मलाई टाढा गितबाट सूरुवात गरेको आफ्नो प्रस्तुतीले नेपालगञ्ज महोत्सव गुञ्जयमान भएको थियो ।
यस्तै गायिका चौहानले, यो भाग्यमा खोट छ, यो मुटुमा चोट छ को प्रस्तुतीले झनै नेपालगञ्ज महोत्सवको महोल तातेको थियो । एकपछि एक चर्चित गाएर गायिका चौहानले जुनी भरीलाई रुवाई गयो तिमी अझै पनि मनमा छौ तिमी, धोकेबाज हौ तिमी धोके बाज हौ तिमी, ए है तिम्रै माया लाग्छ बरि लै, ए है तिम्रै याद लाग्छ बरि लै, कालो कपाल घुग्रियो, मनमा माया उर्मियो लगायतका चर्चित चर्चित गित गाएर मनोरञ्जन प्रदान गरिन् । यस्तै चर्चित जादुगर बलराम सरकारले विभिन्न खाले जादु देखाएर नेपालगञ्ज महोत्सवका दर्शकलाई भरपुर हसाएका थिए । महोत्सवमा चर्चित डान्सर तथा मोडल अनुस्का चौधरी, भावना चौधरीले आफ्नो प्रस्तुती देखाएका थिए ।
यस्तै महोत्सवका आकर्षणमा विभिन्नखाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, नेपाल भारतका चर्चित खेलाडी विच कुस्ती प्रतियोगिता, राष्टिय तथा स्थानिय कलाकारको दमदार प्रस्तुतीका साथ साथै सोनी डान्सको कला प्रस्तुत रहेको आयोजक एजि सर्भिस प्रालिका संयोजक नन्द बुढाले जानकारी गराए ।
हरेक दिन राष्टिय कलाकारको बेजोड प्रस्तुती रहनुका साथै थारु गाउँमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताए ।
‘कृषि प्रबद्र्धन व्यापारिक तथा रोजगार पुर्वाधार’ भन्ने मुल नाराका साथ बिहीवारदेखि सुरु भएको छैठौ नेपालगञ्ज महोत्सव २०८० पुष १७ गतेसम्म संचालन हुने छ ।
शुक्रवार महोत्सवको उ्घोषण असोक रावलले गरेका थिए । यस्तै भोलि शनिवार नेपालगञ्ज महोत्सवमा चर्चित कलाकार टंक तिमिल्सेना, रामजी खांड, आइना चौधरी, चर्चित डान्सर तथा टिकटक स्टार दिपिका जिएच, लगायत सोनी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here