४ पौष, नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको छैठौं वार्षिक पुण्यतिथि पुस ७ गते शनिवारका दिन मनाइने भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्य स्मृति प्रतिष्ठानले यस वर्ष छुवाछुत र तल्लो उपल्लो जाति बीचको विभेद हटाउन नेपालगञ्ज नगरका एक दलित वर्गका ज्येष्ठ नागरिकको खुट्टा धुवाई कदर सम्मान गर्ने तयारी गरी रहेको जानकारीमा आएको छ ।
२०४।९।७ गते प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यको स्वर्गारोहण भएको थियो सो पछि उहाँको स्मरणका लागि समाजसेवी नन्दलाल वैश्यको अध्यक्षतामा स्मृति प्रतिष्ठान बाँके जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता गराइएको थियो प्रतिष्ठानको स्थापनाकालदेखि यसले विविध सामाजिक सेवा कार्य हरेक वर्ष नियमित रुपले आयोजना गर्दै आएको छ । गत वर्ष रामधुन बजाई वैश्यको परिवारजन बस्ने आवास गृह अगाडि पुण्यतिथि कार्यक्रम भव्यताले मनाइएको थियो । यस वर्ष छुवाछुत तल्लो उपल्लो जातिबीचको विभेद अन्त गर्न सन्देश दिइन केही फरक खालको कार्यक्रमको आयोजना गर्ने प्रतिष्ठानको सोच रहेकोले सोही अनुरुप अहिले कार्यक्रम बनाइएको छ । छैठौं वार्षिक पुण्यतिथि कार्यक्रमको आयोजना प्रतिष्ठानका उपाध्यक्ष अजय गुप्ता, सचिव रुद्र सुवेदी र कोषाध्यक्ष अछरी पोखरेलको तयारीमा भई रहेको समेत जानकारीमा आएको छ बर्दियाको राजापुर बजारमा वि.सं. २००१ सालमा जन्मिनु भएका स्व. राम गोपाल वैश्यले बाँके जिल्ला र सुर्खेतमा विभिन्न सरकारी पदमा कार्यरत रही कार्य गर्नु भएको थियो । विभिन्न व्यापार पेशा अपनाउँदै पत्रकारिता क्षेत्रको लागि अग्रणी भई कार्य गर्नुभयो जसको कारण उहाँलाई प्रेस स्वतन्त्रता सेनानीको कदर सम्मान गरिएको थियो ।
राजनीतिको क्षेत्रमा २०३८ साल वैशाख २७ गते भएको राष्ट्रिय पंचायत सदस्यको उम्मेदवार भई चुनाव लड्नु भयो सो पछि बाबा रामजनम तिवारी गजेन्द्र नारायण सिंहसँग सहकार्य गर्दै मधेशी मञ्चको स्थापना गर्न अहम भूमिका निर्वाह गरेको पाइन्छ । पत्रकारिता क्षेत्रमा राजधानीबाट प्रकाशित हुने चेतना साप्ताहिक, राष्ट्रध्वनि, राष्ट्रपुकार साप्ताहिकमा कार्य गरेपछि बाँकेमा लोकमत साप्ताहिक, किरण साप्ताहिकमा कार्य गर्दै बिबिसी लन्दनको नेपाली सेवामा पत्रकार मार्क टुलीको साथमा वर्षाैंसम्म कार्य गर्नुभयो । बाँके जिल्लामा शंखनाद साप्ताहिकको प्रकाशन गर्नुभयो जसको त्रिभुवन चोक बोल्दछ स्तम्भ देशभरी नै अति चर्चित बन्यो ।
२०८०।९।७ गते हुने छैठौं वार्षिक पुण्यतिथि कार्यक्रममा प्रतिष्ठानले समाजसेवी, सञ्चारकर्मी, कानून व्यवसायी, उद्योगी व्यापारी र आफ्ना शुभचिन्तकलाई आग्रह गरेको छ । गत वर्ष २०७९ सालमा आयोजित ५औं वार्षिक पुण्यतिथि कार्यक्रममा अधिकांश सञ्चारकर्मीको उपस्थिति थियो भने यस वर्ष प्रतिष्ठानले हरेक वर्गका व्यक्तिलाई यस कार्यक्रममा सहभागी गराउने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here