३ पौष, नेपालगञ्ज । प्रहरीले अवैध भन्सार छलिको सामान (प्याज) बरामद गरेको छ ।
मंगलवार करिब ११ः३० बजेको समयमा जिल्ला बाँके नेपालगञ्ज उप–महानरपालिका वडा नं.१० आदर्शनगरबाट बेवारिसे अवस्थामा रहेको उक्त सामान बरामद गरिएको हो ।
अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याइएको करिब एक हजार पाँच सय पचास किलो १ लाख ८ हजार ५ सय मूल्य बराबरको प्याज वडा प्रहरी कार्यालय, नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको वडा प्रहरी कार्यालय, नेपालगञ्जले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here