३ पौष, नेपालगञ्ज । नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको आयोजनामा बाँके जिल्लाको नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा मंगलवार एक कार्यक्रमका बिच मन्दिर परिसर सरसफाई तथा डस्टबिन हस्तान्तरण गरिएको छ ।
आयोजकको तर्फबाट नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष सन्ध्या जोशी तथा बागेश्वरी मन्दिरको तर्फबाट मुल महन्थ चन्द्रनाथ योगीको उपस्थिति रहेको उक्त सरसफाई कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. उमेशराज जोशी, बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रा.प्र.ब.उ. अमिन कुमार श्रेष्ठ, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगञ्ज)का समादेशक प्र.ब.उ. सुशिल सिंह राठौर, नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत (हाल नेपालगञ्ज) का प्र.ब.उ. संजिव शर्मा दास, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँकेका उप–अनुसन्धान निर्देशक मोहन कुँवर लगायत जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी अधिकृत तथा जवानहरुको महत्वपूर्ण उपस्थिति रहेको थियो ।
बिहान ८ बजे प्रारम्भ भएको उक्त कार्यक्रम करिब २ घण्टा मन्दिर सरसफाई पश्चात १० बजे समापन भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here