२६ मंसिर, नेपालगञ्ज । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटी गएको सरोकारवाला निकाय समेतको अनुगमन टोलिद्वारा मंगलवार बजार अनुगमन गरिएको छ ।
बजार अनुगमनका क्रममा विभिन्न मिठाई पसलमाथि कारवाही गरिएको छ ।
बजार अनुगमनका क्रममा सरसफाई सुनिश्चित नहुँदा सम्मको लागि श्रीराम मिष्ठान भण्डारको कारखानाको उत्पादन असाध्य फोहोर रहेको कारण रोक्का गरिएको छ ।
यस्तै बिल÷बिजक जारी नगरेको पाइएकोले रु. ५ हजार जरिबाना गरिएको छ ।
साथै मिष्ठान भण्डारमा बिक्री वितरणका लागि राखिएको मिठाईको नमूना परिक्षणका लागि संकलन गरिएको छ ।
यसैगरि श्री श्याम मिष्ठान भण्डारको सरसफाई सुनिश्चित नहुँदा सम्मका लागि मिठाई उत्पादन रोक्का गरिएको छ ।
बिल÷बिजक जारी गरेको नपाइएकोले रु. ५ हजार जरिबाना तथा सडे गलेको, बिग्रेको अवस्थामा फेला परेको ५ केजी मिठाई नष्ट गरिएको छ । त्यहाँ बिक्री वितरणका लागि राखेको मिठाईको नमूना परिक्षणका लागि ल्याइएको छ ।
यस्तै मधुवन स्वीटमा बिल बिजक जारी नगरेको पाइएकोले रु. १० हजार जरिबाना तथा त्यहाँ बिक्री वितरणका लागि राखेको मिठाईको नमूना परिक्षणका ल्याइएको छ ।
यस्तै लिटिल हन्गर एण्ड स्वीट बेकरीमा म्याद गुजरेको अवस्थामा रहेको लिक्विड फ्लेवर २ लिटर कोकोनट पाउडर १ प्याकेट नष्ट गरिएको तथा त्यहाँ बिक्री वितरणका लागि राखिएको मिठाईको नमूना परिक्षणका ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here