२४ मंसिर, नेपालगञ्ज । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आइतवार समापन भएको छ ।
‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ नेपालगञ्ज–१ पुष्पलालचोकदेखि निकालिएको ¥याली नेपालगञ्ज–१५ जमुनाहमा गएर कार्यक्रममा परिणत भएको थियो ।
लुम्बिनी प्रदेश सांसद मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाजगञ्ज उप–महानगपालिका प्रमुख प्रशान्त विष्ट, उप–प्रमुख कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा, पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह लगायत लैंिगक हिंसा विरुद्ध काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ सस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
हरेक वर्ष विश्वव्यापी रूपमा मनाइँदै आएको लैँगिक हिंसा विरुद्धको १६ दिने अभियान गत मंसिर ९ गते शनिवारदेखि सुरु भएको थियो ।
महिला बालबालिकामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान यस वर्ष महिला तथा बालबालिकामाथिको हिंसा नियन्त्रण गर्न एक भएर लगानी गरौँ भन्ने मूल नाराका साथ विश्वव्यापी रूपमा मनाइएको हो । सन् १९९१ बाट यो दिवस मनाइन थालिएको हो ।
नेपालमा भने यस वर्षको नारा लैँगिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानी ऐक्यबद्धता रहेको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैँगिक हिंसा विरुद्धको अभियान मनाइने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here