२४ कार्तिक, नेपालगञ्ज । गत शुक्रवार जाजरकोट र रुकुम पश्चिम केन्द्र बिन्दु भएर गएको भूकम्प पीडितहरुको लागि राहत संकलन गरि नेपाल जडीबुटी व्यवसायी संघ, प्रधान कार्यालय नेपालगञ्ज, बाँकेले बिहीवार प्रभावित क्षेत्रमा पुगि राहत हस्तान्तरण गरेको छ ।
संघका निर्वातमान अध्यक्ष पूर्व लुम्बिनी प्रदेश सभा सदस्य मो. याकूब अंसारीको नेतृत्वमा संघका सदस्य खड्ग बहादुर बुढा, वर्तमान लुम्बिनी प्रदेश सभा सदस्य मिना कुमारी बोहरा सिद्दिकी लगायतको टिम प्रभावित क्षेत्रमा पुगि हस्तान्तरण गरेको हो ।
जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटमा, जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत हस्तान्तरण गरिएको थियो । प्रभावित भएका दुवै जिल्लाका लागि चामल, दाल, नून, तोरीको तेल, खुर्सानीको धूलो, सिरक आदि सामान वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here