१९ कार्तिक, नेपालगञ्ज । जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परि घाइते भएका बिरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पु¥याउनका लागि बाँकेको डुडुवा गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा पठाएको छ ।
गाउँपालिकाले शनिवार राती दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको जनाएको छ ।
जाजरकोट अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.दयाराम यादव विदामा रहेकाले एक्कासी घटेको घटनापछि उपचारका लागि अहिले जाजरकोट अस्पतालसम्म जाने व्यवस्था मिलाइएको छ ।
बाँकेको डुडुवा गाउँपालिकाले एक वटा एम्बुलेन्सको व्यवस्था गरि दुई जना चालकसहितको टोलीसंग डा. यादवलाई पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार भूकम्पमा परि घाइते भएकाहरुको उपचारको बेलामा सदरमुकाम जान नसकेका चिकित्सकलाई एम्बुलेन्सको व्यवस्था गरि अस्पतालसम्म पु¥याउने व्यवस्था मिलाइएको छ ।
उनले यहाँबाट जाने एम्बुलेन्सले जिल्लामा अन्य बिरामीहरुलाई समेत अस्पतालसम्म पु¥याउनमा सहयोग गर्ने बताए । जिल्लाका भूकम्प पीडितहरुलाई जिल्ला अस्पताल तथा अन्य जिल्लाका अस्पतालसम्म पु¥याउनका लागि एम्बुलेन्स खटाइएको अध्यक्ष चौधरीले बताए । उनका अनुसार गाउँपालिकाको आज आइतबार बस्ने कार्यपालिकाको बैठकले भूकम्प पीडितका लागि थप सहयोग तथा कार्यक्रमका बारेमा निर्णय गर्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here