१६ कार्तिक, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेले क्यूआर कोड मार्फत पृष्ठपोषण दर्ज गराउन सबैमा हार्दिक अनुरोध गरेको छ ।
‘नागरिक रिपोर्ट कार्ड’ नाम दिइएको क्यूआर कोड मार्फत बाँके प्रशासनले कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सम्बन्धी जानकारी पाउन यो नयाँ प्रविधि अपनाएको हो ।
क्यूआर कोड स्क्यान गरि जिल्ला प्रशासन कार्यालय, बाँके÷सेवा प्रवाहमा संलग्न कर्मचारीले प्रदर्शन गरेको बोली वचन, व्यवहार, सेवा प्रवाहको क्रममा देखाएको जाँगर/तत्परता, सहजिकरण शैली, काम नभएको अवस्थामा समेत काम नहुनुको मनासिव/चित्तबुझ्दो कारण दिए/नदिएको जस्ता पक्षहरुको आधारमा भोगाई/अनुभुति समेटेर आफ्नै मोबाईलको प्रयोग गरि मूल्यांकन गर्न सकिने जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराए ।
उनले भने, ‘हामी ब्याक्तिगत विवरण बाहेक प्रश्नावली मार्फत सेवा प्राप्तिको सम्बन्धमा तपाईंको तितो/मिठो अनुभव जान्न चाहन्छौ । नागरिक रिपोर्ट कार्ड मार्फत हामी तपाईहरुबाट मूल्यांकित हुन चाहन्छौ ।’
क्यूआर कोड स्क्यान गरि बिना पूर्वाग्रह हामीलाई पृष्ठपोषण दिन सकिने उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here