२३ असोज, नेपालगञ्ज । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरि बाँकेको जमुनाह नाकामा यात्रु सहायता कक्ष शुभारम्भ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय जमुनाहद्वारा यात्रुहरुको सहायताका लागि यात्रु सहायता कक्षको शुभारम्भ गरिएको हो ।
यात्रु सहायता कक्षको शुभारम्भ गदै प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले यात्रूहरुको समस्या समाधान गर्न सहायता कक्षको शुभारम्भ गरिएको बताए ।
ज्ञवालीले यात्रुहरूलाई ट्राफिक सम्बन्धी तथा अन्य पिरमर्का, गुनासोहरू भए तत्काल ट्राफिक प्रहरीलाई सम्पर्क गर्ने व्यवस्था मिलाएको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपिकृण सुवेदीले यात्राकाका क्रममा हुने समस्या समाधानको लागि ट्राफिक प्रहरीले जहिले साथ दिने बताए ।
सुवेदीले सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडा दर भन्दा बढी भाडा लिए÷नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए÷नभएको चेक गर्ने, काउन्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, टिकटमा कालो बजारी गर्ने र यात्रुलाई गन्तव्यमा नपु¥याई बाटोमै अलपत्र पार्ने जस्ता कार्यको निगरानी गरिरहेको बताए ।
यस्तै वडा प्रहरी कार्यालय बाँकेका प्रमुख हरि बहादुर विसीले चाड पर्वका समयमा यात्रुहरूले मादक पदार्थ सेवन गरी झैं–झगडा गर्न नहुने र यात्राको क्रममा चालक सह चालकले पनि यात्रुहरूलाई सहज रूपमा गन्तव्यमा पु¥याउनुपर्ने
बताए ।
ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख मीन बहादुर विष्टले यात्रहरूलाई नाकामा हुने समस्या समाधानका लागि आफुहरू रात दिन नभनी काम गरिरहेको बताए । नाकामा यात्रुहरूलाई कुनै समस्या परे ईलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरे ।
बाँकेमा यस अघि कोहलपुर बसपार्क र नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।
दुर्घटना न्यूनीकरण सम्बन्धमा ट्रक चालकहरु र ट्राफिक प्रहरी बिचमा सडकमा जि.ट्रा.प्र.का. बाँकेले अन्तरक्रिया गरेको
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here