६ असोज, नेपालगञ्ज । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको २०औं साधारण सभा नेपालगञ्जमा शनिवार सम्पन्न भएको छ ।
समाजका दीप पन्थीद्वारा नेपालगञ्ज उद्योग वाणिज्य संघको सभाहालमा सञ्चालित कार्यक्रममा समाजका पे्रम कुमार शर्माको सभापतित्व, केन्द्रिय सचिव निर्मल नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका कार्य समितिका सदस्य यशोदा नेपालीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव तथा प्रमुख अतिथि निर्मल नेपाली बिशिष्ट अतिथि डा.प्रा. जनार्दन शर्मा, बिष्णु श्रेष्ठले संयुक्त रुपमा मैनबत्ती बाली उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि निर्मल नेपालीले उद्घाटन गर्दै हामीले कसैसंग चन्दा माँगेर कार्यक्रमहरु गर्दैनौं स्वयं समाजका साधारण सदस्य र आजीवन सदस्य र शुभचिन्तकहरुबाट संकलन गरेको पैसाबाट राष्ट्रव्यापी कार्यक्रमहरु चलाई रहेको बताए ।
उनले भने, ‘भ्रष्टाचार, मानव तस्कर लगायतका बिरोध कार्यक्रम, आन्दोलनहरु हामी गोला बारुद, बन्दूकबाट गर्दैनौं, हामी बुलन्द आवाजबाट बिरोध कार्यक्रमहरु गर्ने गर्दछौ.। संयुक्त राष्ट्र संघको मानार्थ सदस्य समेत मानव अधिकार तथा शान्ति समाज हो ।’
सो कार्यक्रममा समाजका सभापति पे्रम कुमार शर्माले सचिवको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव घनश्याम बैश्यले १ लाख बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
डा.प्रा. जनार्दन आचार्य, समाजका केन्द्रिय सदस्य ज्योति बाल्मिकी, समाजका पूर्व सभापति तथा अधिवक्ता पवन कुमार गुप्ता, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधि बिष्णु श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख द्वारिका अधिकारी लगातयले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा समाज सभापति पे्रम कुमार शर्मा र केन्द्रिय सदस्य ज्योति बाल्मिकीले कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय सचिव निर्मल नेपालीलाई खादा ओढाएर मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा समाजका दुई जना आजीवन सदस्य कृष्ण बहादुर थापा र हेम चन्द श्रेष्ठलाई खादा ओढाएर सम्मान गरिएको थियो । अहिले सम्म ९ जना आजीवन सदस्यहरु रहेका छन् । सो कार्यक्रममा समाजका पूर्व सभापति कृष्णा देवी पाण्डेयले संस्था र कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा शिक्षाबिद् किरण आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुजन बाबु बिश्वकर्मा, कृष्ण बहादुर यादव, पूर्व सभापति बिष्णुलाल कुम्हार, लेखापढी व्यवसायी संघ बाँकेका अध्यक्ष जगदम्बा पाठक, जगदीश प्रसाद दुवेदी, सविता चन्द, समाजका कार्य समिति गोमा आचार्य, लक्ष्मी शर्मा, राजेश सोनी, सन्दिप कश्यप, प्रकाश नेपाली, केवल कुमार बैश्य लगायत ४० जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here