३ असोज, नेपालगञ्ज । संविधान दिवस–२०८०को अवसरमा कौशल्या मेमोरियल हस्पिटलले बुधवार निःशुल्क दन्त शिविरको आयोजन गरेको छ ।
कोहलपुर नगरपालिका वार्ड नं.९ हवलदारपुर स्थित रहेको कौशल्या मेमोरिल हस्पिटलद्वारा आयोजित निःशुल्क दन्त शिविरमा विभिन्न ठाउँबाट जटिल तथा सामान्य दाँतका २ सय ५० जना बिरामीहरुलाई निःशुल्क जाँच तथा उपचारका साथै निःशुल्क औषधी वितरण गरिएको थियो ।
यसैगरी सो अवसरमा कौशल्या मेमोरियल हस्पिटलको प्राङ्गण भित्र सञ्चालित अत्याधुनिक डेन्टल युनिटको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले उद्घाटन गरेका थिए ।
उक्त दन्त शिविरमा डा. बिश्वनाथ चौधरीको संयोजकत्वमा डा. लोकराज खनाल, डा. आष्मा जिसी, डा. मोहम्मद अहमद खान, डा.सीमा वर्मा लगायतले चेक जाँच तथा सेवा प्रदान गरेको हस्पिटलका प्रबन्ध निर्देशक चन्द्र महतोले जानकारी गराए ।
सो दन्त शिविरमा हस्पिटलका सुरपरभाइजर बिमल बिक, हस्पिटलका अफिसर अर्जुन महतो लगायत कर्मचारीहरुले सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here