२ असोज, नेपालगञ्ज । विश्वकर्मा बाबाको पूजा गाउँ–गाउँमा पनि धूमधामका सोमवारका दिन मनाइएको छ ।
यस दिन बस, ट्रक, टिप्पर, ट्रेक्टर ट्राली, कार, मोटरसाइकल लगायतका साधनहरुलाई विश्वकर्मा बाबाको पूजाको दिन विहान पानीले सफासंग धोएर रिवनले बाँधेर सजाउने र पूजाआजा गर्ने गरिन्छ । प्रेस, छापाखाना, कलकारखाना, मोटर ग्यारेज, विभिन्न किसिमका फैक्ट्रीमा काम गर्ने कामदारलाई बोलाएर विश्वकर्मा बाबाको पूजाआजा गर्दै आफ्ना ईष्टमित्रहरुलाई समेत गर्ने प्रसाद वितरण गर्ने र कतिपय ठाउँमा सो दिन भण्डारको आयोजना पनि गर्ने गरिन्छ ।
यसैगरी हरेक वर्ष बाँकेको जानकी गाउँपालिका वार्ड नं.३ बन्जारे गाउँ निवासी गुरुप्रसाद विश्वकर्माले बन्जारे गाउँमा गुरु प्रसाद विश्वकर्माद्वारा सञ्चालित कषि औजार मरम्मत केन्द्रमा पनि विश्वकर्मा बाबाको पूजा साँगीतिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा मनाइएको हो । सो अवसरमा छिमेकी भारत बहराईच जिल्लाका कानीबोझी निवासी गायक तथा ढोलक वादक राजु विश्वकर्मा लगायत भारतको विभिन्न ठाउँका कलाकारहरुद्वारा रातभरी भजन कीर्तन गरिएको थियो ।
जानकी गाउँपालिका वार्ड नं.३ बन्जारेगाउँका स्थानीय गायक एवं हारमोनियम तथा वाद्यवादकहरु नितेश कुमार विश्वकर्मा, गुरुप्रसाद विश्वकर्मा, साहेबशरण विश्वकर्मा, राम कुमार विश्वकर्मा, साधुशरण विश्वकर्मा लगायतले रातभरी भजन कीर्तन गरेका थिए ।
हरेक वर्ष कृषि औजार मरम्मत केन्द्रका सञ्चालक गुरु प्रसाद विश्वकर्माले नीजि खर्चमा विश्वकर्मा बाबाको पूजा विशेष रुपमा गर्ने गरेका छन् । जानकी गाउँपालिका वार्ड नं.३ स्थित रमवापुरमा हरेक शनिवारका दिन लाग्ने गरेका पशु बाजारमा गुरुप्रसाद विश्वकर्माले आफूले बनाएका कृषिसंग सम्बन्धि औजारहरु बेच्ने पनि गर्दछन् ।
विभिन्न किसिमका कलकारखाना, उद्योगहरुमा विश्वकर्मा बाबाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मालिक तथा कामदारहरुलाई समेत सहभागी गराएर विश्वकर्मा बाबाको पूजा गर्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here