नेपालगन्ज, भदौ ३० । ५९ औं राष्टिय बाल दिवसको अवसरमा कतार च्यारेटी नेपाल र बाँके युनेस्को क्लबको समन्वयमा नेपालगन्ज ५ स्थित साईनिंग फ्युचर एकेडेमीमा नातिया मुकाबिला र बाल अधिकार बारे वक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ ।
शाइनिंग बाल क्लबद्धारा आयोजना गरिएको नातिया मुकाबिलामा सो विद्यालयका विद्यार्थि शाहीन खान प्रथम, अब्दुल रज्जाक द्धितिय, शाहीन जोलाहा तृतिय र सैयद अलि बेहनाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको बाल क्लबका अध्यक्ष अब्दुल सत्तार साइले बताउनुभयो ।
उहाँका अनुसार सोही प्रकारले बाल अधिकार बारेको वक्तृत्वकला प्रतियोगितामा तमन्ना शेष प्रथम, सीमा खान द्धितिय, आसमा नुरी खान तृतिय र अरमान शेषले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
दुबै प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थिहरुलाई वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खान, बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, साईनिंग फ्युचर एकेडेमीका संस्थापक जैद खान र प्रधानाध्यापक अब्दुल गफ्फार खानले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै वडा नम्बर ५ का वडा अध्यक्ष खानले अनाथ बालबालिकाको शिक्षाका लागि विशेष पहल गर्ने र उनिहरुलाई शैक्षिक सामाग्री लगायत अन्य सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बाँके युनेस्को क्लबका संरक्षण अधिकृत गुलाम गौस, साईनिंग फ्युचर एकेडेमीका संस्थापक जैद खान र साईनिंग बाल क्लबका अध्यक्ष अब्दुल सत्तार साइ लगायतले बालबालिकाका लागि तयार गरिएको बाल अधिकारलाई पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरुले सरकारको सहयोग विना बालअधिकार लगायत जनताको कुनै पनि अधिकारकारलाई पुर्ण रुपमा व्यवहारमा लागु गर्न नसकिने बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here