९ भाद्र, नेपालगञ्ज । युवा घरको दोश्रो साधारण सभा शनिवार सम्पन्न भएको छ ।
संस्थाले वर्षभरी गरेका कार्यक्रमको समिक्षा तथा भावि कार्ययोजना तय गर्ने उद्देश्यले सो साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाहले बाँके जिल्लामा २ हजारको हाराहारीमा नागरिक समाजका संस्थाहरु दर्ता भएको भएपनि धेरै संस्थाहरु अस्थित्वमा नरहेको बताए । संस्था दर्ता हुनमात्रै ठुलो कुरा नभएको बताउदै संस्थालाई उद्देश्यअनुरुप चलायमान गर्न सक्नु नै महत्वपुर्ण कुरा भएको शाहको भनाइ थियो । समाज रुपान्त्रणमा युवाहरुको महत्वपुर्ण भुमिका रहेको बताउदै शाहले भने “बिभिन्न प्रकारको कुलतमा फसेका युवाहरुको पुनस्थापना गर्नु आजको आवश्यता हो ।” कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाले देश निर्माणमा युवाहरुको भुमिका महत्वपुर्ण भएको भन्दै युवाको क्षेत्रमा महत्वपुर्ण काम गर्नुपर्ने बताए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का कार्यबाहक वडा अध्यक्ष सोहन वर्मा, बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, युवा घरका सल्लाहकार समेश सिटौला, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, लगायतले शुभकामना दिएका थिए ।
युवा घरका सचिव विशाल वर्माले संचालन गरेको कार्यक्रममा उपाध्यक्षा वसन्ती रोकायाले स्वागत गरेका थिए । कार्यक्रममा युवा घरका अध्यक्ष भण्डारीले संस्थाले गरेका कार्यक्रम तथा भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । शनिबार नै युवा घरको कार्यालय उद्घाटन गरिएको छ । कार्यक्रममा युवा घरका पदाधिकारी, सदस्यहरु, साधारण सदस्य, बिभिन्न संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here