२ भाद्र, नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिवार शान्तिपूर्ण
वातावरणमा मतदान सम्पन्न भएको छ ।
नेपालगञ्ज रंगशालाको कभर्ड हलमा
शनिवार बिहान ८ बजेदेखि शुरु भएको
मतदान साँझ ५ बजेसम्म चलेको थियो ।
संघको निर्वाचनमा मुख्य दुईवटा
प्यानलबीच प्रतिष्पर्धा रहेको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा
(एमाले), राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी
निकटका ब्यवसायीहरु आवद्ध रहेको
समावेशी प्यानल र नेपाली काँग्रेस, नेकपा
एकीकृत समाजवादी तथा राप्रपा र स्वतन्त्र
पार्टीको एक समुह आवद्ध ब्यवसायीहरुको
साझा प्रजातान्त्रिक प्यानल रहेको छ ।
प्रजातान्त्रिक प्यानलका े न ेतृत्व
ललितकुमार रौनियार र समावेशी प्यानलको
नेतृत्व टंक धामीले गरेका छन् ।
समावेशी प्यानलको तर्फबाट अध्यक्षमा
धामी, उपाध्यक्ष(उद्योग)मा चिरञ्जीवी ओली,
उपाध्यक्ष(बाणिज्य)मा हरिलाल न्यौपाने,
उपाध्यक्ष (महिला)मा मन्दिरा पाण्डे,
महासचिवमा भिमबहादुर रानाभाट, उप–
महासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा
सलाउद्दिन जसगढ उम्म ेदवार रहेका
छन् । सदस्यहरुमा इन्दिराकुमारी शाही,
टोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर
दियाली, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्रसिंह
ठटेर, जमालुद्दिन अन्सारी, टिकामणी
उपाध्याय, डम्बर चन्द, एशोसियट सदस्यमा
कमल कार्की र सञ्जय अग्रवाल, र वस्तुगत
सदस्यमा फणाधर भण्डारी उम्मेदवार रहेका
छन् ।
साझा प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा
रौनियार, उपाध्यक्ष (उद्योग)मा मोहम्मद सफिक
वेहना, उपाध्यक्ष (बाणिज्य)मा विष्णुप्रसाद श्रेष्ठ,
उपाध्यक्ष (महिला)मा करिश्मा योगी,
महासचिवमा ट ंकप्रसाद शर्मा, उप–
महासचिवमा टेकवहादुर खड्का, कोषाध्यक्षमा
मख्खन बहादुर धामी उम्मेदवार रहेका छन् ।
सदस्यहरुमा शिवप्रसाद दाहाल,
सन्तोषकुमार पौडेल, विवेककुमार श्रेष्ठ, सुनिल
भण्डारी, युवराज ढकाल, प्रमोदकुमार
अग्रवाल, पदम श्रेष्ठ, कैफुलवरा जोलाह,
अतुलकुमार गुप्ता, बलबहादुर विष्ट र
एशोसियटमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम
अग्रवाल उम्मेदवार रहेका छन् ।
नेपालगञ्ज उद्योग बाणिज्य संघमा
साधारण ४ हजार ७२० र एशोसियट्स १८२
गरि, सम्वद्ध २९ गरि जम्मा चार ४ हजार
९३१ जना सदस्य रहेकोमा ४१३२ जनाको
मत खसेको थियो । मत गणना कार्य आईतबार बिहान ८ बजेदेखि शुरु हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here