२ भाद्र, नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ ।
नेपालगञ्ज रंगशालाको कभर्ड हलमा आज बिहान ८ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
संघको निर्वाचनमा दलीय आस्थाका आधारमा दुईवटा प्यानलबीच प्रतिष्पर्धा रहेको छ । नेकपा माओवादी केन्द्र, नेकपा (एमाले), राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी निकटका ब्यवसायीहरु आवद्ध रहेको समावेशी प्यानल र नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी तथा राप्रपा र स्वतन्त्र पार्टीको एक समुह आवद्ध ब्यवसायीहरुको साझा प्रजातान्त्रिक प्यानल रहेको छ ।
प्रजातान्त्रिक प्यानलको नेतृत्व ललितकुमार रौनियार र समावेशी प्यानलको नेतृत्व टंक धामीले गरेका छन् । समावेशी प्यानलको तर्फबाट अध्यक्षमा धामी, उपाध्यक्ष(उद्योग)मा चिरञ्जीवी ओली, उपाध्यक्ष(बाणिज्य)मा हरिलाल न्यौपाने, उपाध्यक्ष(महिला)मा मन्दिरा पाण्डे,महासचिवमा भिमबहादुर रानाभाट, उप–महासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढ उम्मेदवार रहेका छन् ।
सदस्यहरुमा इन्दिराकुमारी शाही, टोपबहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज वर्मा, धर्मेन्द्रसिंह ठटेर, जमालुद्दिन अन्सारी, टिकामणी उपाध्याय, डम्बर चन्द, एशोसियट सदस्यमा कमल कार्की र सञ्जय अग्रवाल, र वस्तुगत सदस्यमा फणाधर भण्डारी उम्मेदवार रहेका छन् ।
साझा प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा रौनियार, उपाध्यक्ष (उद्योग)मा मोहम्मद सफिक वेहना, उपाध्यक्ष(बाणिज्य)मा विष्णुप्रसाद श्रेष्ठ, उपाध्यक्ष (महिला)मा करिश्मा योगी, महासचिवमा टंकप्रसाद शर्मा, उप–महासचिवमा टेकवहादुर खड्का, कोषाध्यक्षमा मख्खनबहादुर धामी उम्मेदवार रहेका छन् ।
सदस्यहरुमा शिवप्रसाद दाहाल, सन्तोषकुमार पौडेल, विवेककुमार श्रेष्ठ, सुनिल भण्डारी, युवराज ढकाल, प्रमोदकुमार अग्रवाल, पदम श्रेष्ठ, कैफुलवरा जोलाह, अतुलकुमार गुप्ता, बलबहादुर विष्ट र एशोसियटमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् । नेपालगञ्ज उद्योग बाणिज्य संघमा साधारण चार हजार ७२० र एशोसियट्स १८२ गरि, सम्वद्ध २९ गरि जम्मा चार हजार ९३१ जना सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here