२५ श्रावण, नेपालगञ्ज । ‘रक्तदान जीवनदान, दान मध्येको महादान’ भन्ने मुख्य उद्देश्यका साथ लोेकप्रिय सन्देश राष्ट्रिय दैनिक पत्रिकाद्वारा आयोजित त्रैमासिक रक्तदान कार्यक्रममा बिहीवार महिला, पुरुष गरी २६ जनाले रक्तदान गरेका छन् ।
प्रादेशिक रक्त सेवा केन्द्र नेपालगञ्जमा आयोजित रक्तदान कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर कमरुद्दीन राई, कसौंधन बैश्य समाज नेपालगञ्जका अध्यक्ष नन्दलाल बैश्यले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक सुनिता कुमाईलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
लोेकप्रिय सन्देश राष्ट्रिय दैनिकका सम्पादक गोबिन्द प्रसाद शर्माद्वारा सञ्चालित सो रक्तदान कार्यक्रममा संयोजक पत्रकार दिनेश ठाकुर, संबिधान थापामगर, राजेन्द्र प्रसाद जोशी, लोकराज रेउले, हिम प्रकाश ओली, मनोज यादव, पत्रकार भगतराम थारु, मनिष कुमार वर्मा, आशा परियार, सुभाष रावत, दिनेश रोकाया, निराजन कुमार थारु, टंक साउद, मोनिका खासु, बिनिता सापकोटा, चेतना थापा, सरस्वती कुमारी वर्मा, अनामिका चौधरी, प्रमोद कुमार यादव, परशुराम यादव, मोबिन नाउ, प्रवीण पोरवाल, मञ्जु रिजाल, प्रेम परियार, राम निहोरे बढही, वसीउल्ला बेहना लगायत २६ जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–६ वडा कार्यालय नेपालगञ्ज, नेपालगञ्ज ग्रीन सिटी, सद्भाव एण्ड कम्पनी नेपालगञ्ज, नेपालगञ्ज टेक्निकल कलेज, नेपालगञ्ज टेक्निकल स्कूल, नव किरण पुनः स्थापना केन्द्र नेपालगञ्ज, जुनकी महिला समूह नेपालगञ्ज, समाजसेवी तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, भुवन गैरे, मिङमार होटेल, मधेश मानव अधिकार गृह (माहुरी) बाँके, जनता समाज पार्टी नेपालगञ्ज बाँके, समाजसेवी अब्दुल करीम खान, उज्जवल स्टेशनरी, समाजसेवी मोहम्मद जुबेर राई लगायतको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दीन राई, लोकप्रिय सन्देश राष्ट्रिय दैनिकका सम्पादक गोबिन्द प्रसाद शर्मा, भेरी अस्पताल बिकास समितिका अध्यक्ष बीरेन्द्र शाह, जुनकिरी बाँकेका संयोजक रबिन्द्र सिंह रठौर, नव किरण पुनः स्थापना केन्द्र नेपालगञ्जका प्रमुख उत्तम खरेल, नेपालगञ्ज टेक्निकल कलेज किशोर पाण्डे, कसौंधन बैश्य समाज नेपालगञ्जका अध्यक्ष नन्दलाल बैश्य, जानकी गाउँपालिका वार्ड नं.–१ का वडाध्यक्ष मोहम्मद रजा राई, सत्यम खबर डटकमका चन्दे्रश्वरराज त्रिपाठी, लिमराखबर डटकमका समाचार संयोजक मन्सूर अली दर्जी, सम्वाददाता मनिष वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा, सल्लाहकार पवन जायसवाल लगायतको सहभागिता रहेको थियो भने रक्तदाताहरुलाई टिसर्ट र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिता कुमाई, सुनिल थापा, महेश चौधरी, पुनम राना, अस्मिता बिक, दिपा पुुन, केशर सिंह डाँगी, सञ्जय बढही लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here